काठमाडौं– मुटुमा स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।
मुटुको चाल कम हुने समस्या देखिएपछि असार २ गते महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत राष्ट्रपति पौडेल बुधबार अस्पतालबाट डिस्चार्ज भएका हुन्।
राष्ट्रपति पौडेलको मुटुको चाल बेला बखत कम हुने गरेको पाइएपछि स्थायी पेसमेकर राखि उपचार गरिएको थियो। अस्पताल भर्ना भएको २ दिनपछि स्वास्थ्य अवस्था सामान्य भएपनि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
राष्ट्रपति पौडेलको उपचारमा मनमोहन सेन्टर कार्यकारी निर्देशक डा रन्त मणि गजुरेलको नेतृत्वमा मनमोहन सेन्टर, त्रिवि शिक्षण अस्पताल र चिकित्सा शास्त्र अध्ययन संस्थान बाहिरका विशेषज्ञ चिकित्सकहरु संलग्न थिए।
यी हुन् राष्ट्रपति पौडेलको उपचारमा खटिएका चिकित्सक