काठमाडौं– संघीय संसदमा अछामको बयालपाटा अस्पतालको विषयले स्थान पाएको छ। बजेटमा बयालपाटा अस्पतालको नाम नसमेटिएको भन्दै अछाम, बाजुरा, लगायतका जिल्लामा प्रदेश सरकारको विरोध भइरहेका बेला प्रतिनिधी सभामा बयालपाटा अस्पतालको विषयले स्थान पाएको हो।
निःशुल्क रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको बयालपाटा अस्पताललाई बजेटमा उपेक्षा गरिएको भन्दै राष्टिय स्वतन्त्र पार्टीका सांसद डिपी अर्यायलले सरकारको ध्यानार्कषण गराएका हुन्।
संघीय संसदको सुन्य समयमा बोल्दै सासंद अर्यालले अछामसहित सुदूर तथा कर्णाली प्रदेशका दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क रुपमा गुणस्तरिय स्वास्थ्य सेवाप्रदानगरिरहेको अस्पताल सरकारको उपेक्षामा पर्न यो भन्दादुर्भाग्य के हुन सक्छ भनेर प्रश्न गरेका छन्।
वार्षिक १ लाख नागरिकलाई निःशुल्क सेवा दिइरहेको अस्पताल संचालनका लागि आर्थिक कठिनाई भईरहेका बेला आवश्यक पर्ने बजेटमा सुदुरपश्चिम प्रदेश सरकार र संघीय सरकारको नजर नपर्नु दुखद भएको भन्दै उनले सरकारको ध्यानार्कषण गराएका हुन्।
१५ वर्षदेखि अछाममा गैरसरकारी संस्था न्याय हेल्थ नेपालको व्यवस्थापनमा सञ्चालित बयालपाटा असपतालमा अछाम सहितबाजुरा, डोटी, कालिकोट, मुगु, दैलेख लगायत जिल्लाका नागरिकले सेवा लिइरहेका छन्।
अछाम क्षेत्र नं १ बाट नेकपा एकिकृत समाजवादी पार्टीबाट शेरबहादुर कुँवर र क्षेत्र नं. २ बाट नेपाली कांग्रेसबाट पुष्पबहादुर शाहले संघीय संसदमा प्रतिनिधित्व गरिरहेका छन्।
तर अछामका दुवै क्षेत्र र अछामपछि बढी सेवाग्राहीभएको जिल्ला डोटी र बाजुराका सांसदहरुले समेत बयालपाटा अस्पतालको विषयमा हालसम्म कुनै प्रतिक्रिया समेत जनाएका छैनन्।