काठमाडौं– सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी दिने किशोरी (गौशाला २६) लाई उपचार खर्च दिन अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा पीडित भनिएकी गौशाला २६ लाई उपचार खर्च दिन आदेश दिएको हो।
जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजालशले पीडित गौशाला २६ लाई उपचार खर्च भराउनका लागि आदेश दिएको हो।
पीडित बालिकाले आफू अदालत धाउँदा–धाउँदै ७० हजार रकम खर्च भएको र मानसिक रुपमा अस्वस्थ भई उपचार गराउनका लागि निवेदन पेस गरेकी थिइन्।
जिल्ला अदालत काठमाडौंले पीडितलाई राहत स्वरुप उपचारवापत राहत कोषबाट तत्काल एक लाख रुपैयाँ दिन आदेश दिएको हो।