काठमाडौं- नेशनल रेजिडेन्ट डाक्टर एसोसिएसनको १४ कार्यकारिणी समितिमा नयाँ कार्यसमिति चयन भएको छ।
एसोसिएसनको अध्यक्षमा सर्जरीका डा सन्दिप कुमार ओखेडा निर्विरोध निर्वाचित भएका छन्। यस्तै एसोसिएसनको उपाध्यक्षमा डा रन्जित कुमार रौनियार चयन भएका छन्। सचिवमा डा देवान कार्की निर्वाचित भएका छन्।
यस्तै सहसचिवमा डा उषा शर्मा र कोषध्यक्षमा डा साजन बराल चयन भएका छन्।
यस्तै सदस्यहरुमा डा प्रदिप कुमार काफ्ले, डा दामोदर पुडासैनी, डा दिपक श्रेष्ठ, डा पूजा गुप्ता, डा प्रकृति सुवेदी, डा सामसुम श्रेष्ठ, डा उत्तम चौलागाईं र डा विभव लाल निर्वाचित भएका छन्।
हेरौं कसले कति मत पाए?