काठमाडौं- सिटी केयर अस्पताल- विराट मेडिकल कलेज आउटरीच सेन्टरद्वारा महोत्तरीमा आयोजित महिला स्वास्थ्य शिविर समापन भएको छ।
उक्त शिविरमा पाठेघरको क्यान्सरको निशुल्क भिआइए जाँच , स्तन क्यान्सर सम्बन्धी निशुल्क प्ररामर्श, मुखको क्यान्सर सम्बन्धी परामर्श तथा जनचेतना प्रदान गरिएको छ।
साथै गरीब बिरामीहरूको निःशुल्क भिडियो एक्सरे गरिएको छ। आसार ६ गतेबाट आसार १० गतेसम्म उक्त शिविर संचालन गरिएको जानकारी अस्पताल प्रसाशनले दिएको छ।