काठमाडौं- नेपाल प्रजातान्त्रिक फार्मेसी संघले बागमती प्रदेश स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
फार्मेसी पेशालाई गुणस्तरीय बनाई आमनागरिकले सहज रुपमा सेवा लिने वातावरण निर्माणको लागि पहल गर्न आग्रहसहित प्रदेश स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको संघले जनाएको छ।
ज्ञापन पत्रका विषयहरु :
१. बागमती प्रदेशभित्र रहेका अस्पताल, स्वास्थ्य कार्यालय, प्रदेश आपूर्ति केन्द्रहरुमा रिक्त रहेको फार्मेसी जनशक्तिको दरबन्दी यथासिघ्र पूर्ति गराई जहाँ औषधि त्यहाँ फर्मासिस्ट भन्ने विश्वव्यापी रुपमा स्थापित मुलमन्त्र अनुरुप औषधि खरिद,भण्डारण,विक्रिवितरण हुने स्थानहरुमा O&M को प्रक्रिया अघि बढाउनुपर्ने।
२.स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि हालको सार्वजनिक खरिद ऐन बमोजिम हुने औषधि खरिद प्रक्रियालाई सुधार गरि अस्पताल फार्मेसीमा संरचनागत सुधार गर्ने, दक्ष फार्मेसी जनशक्तिवाट गुणस्तरीय सेवा दिने सेवालाई Digitalization गर्नुपर्ने। साथै अस्पतालहरुले तयार गर्ने Master Plan (गुरु योजना) मा अस्पताल फार्मेसीलाई Minimum service standard (MSS) मा उल्लेख भए अनुसार विभागको रुपमा समावेश गरि तयार पार्ने ।
३. प्रदेश स्वास्थ्य मन्त्रालयमा औषधि व्यवस्थापक (नवौं/दशौ तह) को दरवन्दी सिर्जना गरि फार्मेसी शाखा स्थापना गर्नुपर्ने।
४. फार्मेसी दर्ता/नवीकरण/निरीक्षणका लागि प्रादेशिक औषधि व्यवस्था विभागको स्थापना गर्नुपर्ने ।
५. औषधिको गुणस्तर जांचका लागी प्रादेशिक औषधि प्रयोगशाला स्थापना गर्नुपर्ने ।
६. सामुद्दायिक फार्मेसी (Community Pharmacy ) : फार्मेसी विषय अध्ययन गरेर सामुदायिक फार्मेसी सुरु गर्न चाहना राख्ने नव उद्यमीलाई आवश्यक मापदण्ड निर्धारण गरि स्टार्ट-अप सहुलियत कर्जा उपलब्ध गराउन आवश्यक पहल गर्नुपर्ने।