काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को डिनमा डा अशेष ढुंगाना नियुक्त भएका छन्।
न्याम्सका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा ढुंगानालाई डिनमा नियुक्त गरेका हुन्।
मन्त्री बस्नेतले न्याम्सका नवनियुक्त उपकुलपति डा भुपेन्द्र बस्नेतको सिफारिसका आधारमा न्याम्स ऐन अनुसार डा ढुंगानलाई नियुक्त गरेका हुन्।
डा ढुंगाना यसअघि वीर अस्पतालको मेडिसिन विभागमा प्रमुखको रुपमा कार्यरत थिए।