काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भूतपूर्व विद्यार्थी संघले प्रस्तावित स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐनमार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई बलजफती चपेटामा पार्न खोजेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
एक विज्ञप्तिमार्फत संघले संस्थाको भूमिका संकुचित पार्न खोज्नु सम्पूर्ण स्वास्थ्य शिक्षा र सेवा उपर नराम्रो प्रहार भएको जनाएको छ।
विगतमा राज्य संयन्त्रद्वारा विभिन्न चरणमा गरिएका राजनैतीक चलखेल, आर्थिक अराजकता र अनावश्यक हस्तक्षेपले गर्दा प्रतिष्ठानलाई गम्भीर आघात उनीहरुको भनाई छ।
अध्यक्ष डा विष्णु पोखरेलद्वारा जारी विज्ञप्तिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐन भन्दा छुट्टै राखि यसको स्वायत्तताको सम्मान गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्न आवश्यक सहयोग गर्न पनि माग गरिएको छ।
हेर्नुहोस विज्ञप्ति