काठमाडौं- सवारी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ। सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक दिपेश चौलागाईंले जानकारी दिए।
सिंहसहित दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन्। दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो।
मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो।