काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखिएको छ। मुटुको चालमा गडबडी देखिएपछि राष्ट्रपति पौडेलको मुटुमा मंगलबार पेसमेकर राखिएको हो।
शनिबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेलको मुटुको चाल ७२ घण्टासम्म मनिटरिङ गरिएको थियो ।
मुटुको चाल गडबडी सम्बन्धी समस्या देखिएपछि विज्ञ चिकित्सकहरुको सुझाव अनुसार मंगलबार पेसमेकर राखिएको अस्पतालका निर्देशक प्राडा रत्नमणि गजुरेलले जानकारी दिए।
हाल पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ। गत मंगलबार पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पनि उपचार गराएका थिए। बाँसबारीमा एन्जिओप्लास्टी गरेर बन्द भएको मुटुको नशा खुलाइएको थियो।
मुटुको चालमा किन आउँछ गडबडी? रोकथाम र उपचार – डा मनबहादुर केसी [भिडियोे]