काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ। मुटुमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई शनिबार बिहान २ बजे अस्पताल पुर्याइएको थियो। अस्पतालका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि गत मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए।