काठमाडौं- चिकित्सा शिक्षा संघर्ष अभियानले मेडिकल विद्यनर्थीहरुलाई इन्टर्नसिपको पारिश्रमिक उपलब्ध गराउनमाग गरेको छ। केही मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई इन्टर्नसिपको पारिश्रमिक उपलब्ध नगराएको भन्दै अभियानले वैज्ञानिक तवरले इन्टर्नसिपको पारिश्रमिक उपलब्ध गराउन माग गरेको छ।
'मेडिकल कलेजहरूले हरेक दुई दुई वर्षमा आफ्नो शूल्क बढाउने वा परिमार्जन गर्ने नियम हुँदा र्नसिपका विद्यार्थीहरूलाई भने कुनै पारिश्रमिक भत्तानै नदिने र निकै कम पारिश्रमिक भत्तामा खटाउने कार्यप्रति गम्भिर ध्यानाकषर्ण भएको छ', जारी विज्ञप्तिमा भनिएको छ, 'विद्यार्थीले अध्ययनको शिलशिलामा गरिने सामुदायिक तालिमहरूमा दिईने भत्ता समेत चिकित्सा शिक्षा आयोगमा विद्यार्थीहरूले सुरूमै बुझाउने कुल रकमभित्र पर्ने हुँदा अहिलेको महङ्गाई र आवश्यक्ता हेर्दा उनीहरूको अध्ययनपछि बन्ने मेडिकल अधिकृत तहको आधा रकम इन्टर्नसिप भत्ता दिन पर्ने जोडदार माग गर्दछौँ।'
अभियानले दिनको न्युनतम रू १ हजारका दरले भत्ता दिनपर्ने माग गरेको छ।