काठमाडौं– कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ३६ अर्बभन्दा बढीको बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेबारी सम्हालेका मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार अध्यदेशमार्फत् कुल ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएका हुन्।
अध्यादेशमार्फत् सार्वजनिक गरिएको बजेटमा स्वास्थ्य क्षेत्रका लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब ७ करोड विनियोजन गरिएको छ।
बजेटमा स्वास्थ्यका ११ वटा विषयहरु परेका छन्। जसमा स्वस्थ नागरिक, सक्षम प्रदेश नारासहित आधारभूत स्वास्थ्य सेवामा नागरिकहरुको पहुँच सुनिश्चित गर्ने, प्रदेश प्रमुख स्वास्थ्य सहुलियत कार्यक्रम, अस्पतालहरुको सेवा विस्तार लगायतका विषयहरु परेका छन्।
हेरौं स्वास्थ्यका ११ विषय