काठमाडौं- स्वास्थ्यखबर हेल्थ अवार्डको एघारौं संस्करणको लागि आवेदन तथा मनोनयन प्रकृया खुला गरिएको छ। यस वर्षको हेल्थ अवार्ड ‘दिगो विकासका लक्ष्यहरूः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहनेछ।
भदौ तेस्रो साता हुने हेल्थ अवार्डमार्फत नेपालले दिगो विकासका लक्ष्यहरुको सन्दर्भमा विश्व समुदायसँग गरेको प्रतिबद्धता प्राप्तिका लागि भविष्यका कार्यक्रमहरुमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन सरोकारवालाहरुलाई पुनःस्मरण गर्ने मौका जुराउने आशा राखिएको छ। दिगो विकास लक्ष्यहरु सन् २०१५ मा संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रबाट अनुमोदन भई सन् २०३० सम्ममा हासिल गर्ने गरी विश्वव्यापी रुपमा जारी गरिएको थियो।
नेपालको स्वास्थ्य क्षेत्रमा सेवा प्रवाह, नीतिगत सुधार, अध्ययन अनुसन्धान वा स्वयंसेवा गर्दै आएका डाक्टर, नर्स, पारामेडिक्स, जनस्वाथ्यकर्मी, नीतिगत वकालतकर्ता, स्वास्थ्य सञ्चारकर्मी, अभियानकर्ता लगायत स्वास्थ्य संस्थाहरुले समेत यस अवार्डमा सहभागिता जनाउन सक्नेछन्। अवार्डका लागि असार २० गतेसम्म आवेदन तथा मनोनयन गर्न सकिने छ। प्राप्त आवेदन तथा मनोनयनहरुको मूल्यांकन स्वास्थ्य मन्त्रालयको सुपरिवेक्षणमा विज्ञहरु सम्मिलित स्वतन्त्र छनोट समिति मार्फत गरिने छ।
‘यस पटकको अवार्डमा सहभागिताका लागि स्थानीय तहदेखि राष्ट्रिय तहसम्म स्वास्थ्य प्रबर्धन र स्वास्थ्य सेवामा उत्कृष्ट योगदान गरिरहेका सबैलाई हामी आग्रह गर्दछौं,’ स्वास्थ्य खबरपत्रिकाका प्रकाशक अनिल न्यौपानेले भने, ‘यदाकदा स्थानीय स्तरमा अति महत्वपूर्ण योगदान पुर्याइरहनुभएका स्वास्थ्यकर्मी तथा स्वयंसेवीहरुको योगदान छायामा परेको हुन सक्छ। हामी यो आवेदन खुला भएको सूचना आफू निकट स्वास्थ्यकर्मी तथा नीतिगत तहमा काम गरिरहनुभएकाहरूलाई जानकारी गराइदिन समेत सबैमा अनुरोध गर्दछौं।’
अवार्डको लागि आवेदन तथा मनोनयनका मुख्य पक्षहरु
१. अवार्ड प्राप्तिको लागि दाबी तथा मनोनयन गर्न फाराम यहाँ भर्न सकिनेछ। [आवेदन/मनोनयन/सिफारिस फारम भर्न यहाँ क्लिक गरौं]
२. अवार्ड दाबीकर्ता (आवेदक स्वयं वा मनोनयन गरिने व्यक्ति) को योगदान स्वास्थ्यसँग सम्बन्धित दिगो विकासका लक्ष्यहरू प्राप्तिमा कसरी सहयोगी छ भन्ने संक्षिप्तमा उल्लेख गरिदिनुहोला।
३. अवार्डका लागि सकेसम्म छोटो तर सान्दर्भिक सन्दर्भ सामग्री जस्तै फोटो, छोटो भिडियो, सम्मान आदि पनि चर्चा गर्न सकिनेछ।
४. आवेदन फारम खोल्न कुनै समस्या परेमा वा कुनै अतिरिक्त सन्दर्भ सामग्री पठाउन परेमा इमेल ठेगाना [email protected] मा पठाउन अथवा स्वास्थ्य खबरपत्रिकामा सम्पर्क गर्न सकिनेछ।
५. यो अवार्डले निजी तथा नाफामुलक संस्थामा कार्यरत पेसाकर्मीहरुलाई समेट्दैन। नेपालको स्वास्थ्य प्रबर्धनमा निजी क्षेत्रको योगदानको उच्च कदर गर्दागर्दै निजी तथा नाफामुलक कार्यहरुलाई यस अवार्डमा नसमेटिएको जानकारी गराइन्छ।
दिगो विकासका लक्ष्यहरुमा स्वास्थ्यसँग सम्बन्धित विषय यसप्रकार छन्: