काठमाडौं- कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज प्रदेशसभामा आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका छन्।
नेपालको संविधानको धारा १८४ को उपधारा (२) तथा कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ को नियम ३५(१) बमोजिम प्रदेश प्रमुख खापुङले सो प्रदेशको नीति तथा कार्यक्रम पेश गरेका हुन्।
वार्षिक नीति तथा कार्यक्रममा सामाजिक न्यायसहितको समृद्ध कोशी प्रदेश निर्माणको अवधारणा कार्यान्वयन गर्ने, प्रदेशका जनताको शान्ति, समृद्धि र विकासको चाहना सम्बोधन गर्न आवश्यक योजनागत प्रबन्ध गरिने, तोकिएको कार्य सम्पन्न गर्न र लक्षित उद्देश्य प्राप्त गर्न योजनागत, नीतिगत र कार्यगत व्यवस्थालाई प्रभावकारी बनाइने जनाइएको छ।
नसर्ने रोगको एकीकृत व्यवस्थापन गर्न ‘स्वस्थ्य नागरिक’ अभियान सञ्चालन गरिने, हृदयघात, मानसिक रोग, महामारीजन्य रोग, कीटजन्य रोग, जलन आदिको रोकथाम तथा नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
खाद्यान्न उत्पादन वृद्धिका लागि बीउ उत्पादन र खाद्यान्न उत्पादन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने, चिया, कफी, अदुवा, अलैँची, सुपारी जनता निर्यातजन्य कृषि बालीको उत्पादन, सुरक्षित भण्डारण, बजारीकरण, पोष्टहार्भेष्ट तथा मूल्यशृङ्खलामा आधारित कार्यक्रम सञ्चालन गरी निर्यात प्रवर्द्धन गरिने, गरिब, विपन्न तथा पिछडिएका वर्गका कृषक, मजदुरको सहभागितामा गठन भई सञ्चालनमा रहेका दुर्गम तथा ग्रामीण क्षेत्रका कृषि तथा विषयगत सहकारी संस्थाको व्यावसायिक क्षमता अभिवृद्धि गराउन आवश्यक पेसागत व्यावसायिक सीपमूलक तालिम, वस्तुगत तथा प्राविधिक सेवा उपलब्ध गराउने कार्यक्रममा समावेश छ।
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत यसै आर्थिक वर्षदेखि निर्माण कार्य प्रारम्भ हुने ताप्लेजुङ जिल्लाको ७७ दशमलव पाँच मेघावाटको घुन्सा खोला जलविद्युत् आयोजना र ७० दशमलव तीन मेघावाटको सिम्बुवा खोला जलविद्युत् आयोजनामा प्रदेशवासी जनता र प्रदेश सरकारको लगानी सुनिश्चित गरिने, चुरेलगायतका संवेदनशील जलाधार क्षेत्रको उपल्लो र तल्लो तटीय सम्बन्धका आधारमा नदी प्रणालीमा आधारित एकीकृत जलाधार व्यवस्थापन कार्य सञ्चालन गरी, महत्त्वपूर्ण नदी, ताल, पोखरी, सिमसार तथा जलाधार क्षेत्रको प्रभावकारी व्यवस्थापन गरिने, कोशी प्रदेशलाई आकर्षक, रमणीय, सुरक्षित र गुणस्तरीय पर्यटकीय गन्तव्यका रूपमा विकास गरी आन्तरिक तथा बाह्य र सीमापार पर्यटकलाई आकर्षित गराउने नीति तथा कार्यक्रममा उल्लेख छ।
वार्षिक नीति तथा कार्यक्रममा नसर्ने रोगको एकीकृत व्यवस्थापन गर्न ‘स्वस्थ्य नागरिक’ अभियान सञ्चालन गरिने, हृदयघात, मानसिक रोग, महामारीजन्य रोग, कीटजन्य रोग, जलन आदिको रोकथाम तथा नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।