काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्।
मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मंगलबार बिहान भर्ना भएका पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मन्त्री बस्नेत त्यहाँ पुगेका हुन्।
मन्त्री बस्नेतले अस्पताल प्रशासनसँग राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार नियमित स्वास्थ्य परिक्षणको क्रममा भर्ना भएका राष्ट्रपति पौडेललाई चिकित्सकको सल्लाह अनुसार चौबिस घण्टासम्म अवलोकनमा राखी बुधबारसम्म डिस्चार्ज गर्ने तयारी रहेको जनाएको छ।
हाल राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।