काठमाडौं- सरकारी चिकित्सक सघले सरकारी चिकित्सकहरुलाई गरिएको समायोजन त्रुटिपूर्ण भएको भन्दै सच्याउन माग गरेको छ।
मंगलबार विज्ञप्ति जारी गर्दै संघले विशेषज्ञ चिकित्सकलाई श्रोत साधन र दरबन्दी नभएको स्थानीय तहमा समायोजन गर्दा समस्या भएको भन्दै समायोजन सच्याउन भनेको छ।
उचित कानून तथा समायोजन सम्बन्धी नियम नबनेसम्म वर्तमान अवस्थामा चिकित्सकहरु माथि भएका बिभेदपुर्ण समायोजनको समाधान निकाली चिकित्सकिय सेवालाई बाधा नपुग्ने गरि खटनपटन नभएसम्म कुनै पनि निर्णय नलिन संघले अपिल गरेको छ।