काठमाडौं- काठमाडौंको माइतीघर मण्डलामा एक जनाले आत्मदाह प्रयास गरेका छन्। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
नागरिकताको विषयमा आन्दोलन गर्दै आएका मोरङका २५ वर्षीय नीरज कामतले शरीरमा पेट्रोल खन्याएर आगो लगाउन कोसिस गरेका थिए। पेट्रोल खन्याएपछि उनलाई उपचारका लागि ट्रमा सेन्टर लागिएको थियो।
अस्पतालका सूचना अधिकारी अर्जुन भेटवालका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ। 'पेट्रोल खन्याए पनि शरीर जल्न भ्याएको रहेनछ। अहिले उहाँ खतरामुक्त हुनुहुन्छ। बिरामीको इमर्जेन्सीको रेड जोनमा उपचार भइरहेको छ,' उनले भने।
साँझ ४ बजेर ५२ मिनेट जाँदा प्रहरीले उनको उद्धार गरेको थियो।