कतिपयको आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बस्छ। ‘कालो धब्बा आफैमा छालाको रंग होइन, बरु रगत र पानीको प्रवाहको कम हो,’ छाला विज्ञ जस्टिन हेक्सटल भन्छिन्। दिनमा यस्ता धब्बा अझै स्पष्ट देखिन्छ। सुख्खा हुँदा यस्तो धब्बा झनै देखिन्छ। ‘जब तपाईको शरिर सुख्खा हुन्छ वा शरिरमा पानीको मात्रा न्यून हुन्छ छालाको आधारभूत पत्र अर्थात् डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुन्छ। अनि भित्री छाला प्रष्ट रुपमा कालो देखिन्छ’, उनी भन्छिन्।
तपाईंले अघिल्लो रात सुख्खा खानेकुरा खानुभएको छ वा पानी कम पिउनुभएको छ भने पनि भोलिपल्ट बिहान आँखाको तल्लो भागमा घेरा पर्नेदेखि कालो धब्बासम्म हुन्छ। अझ साँझ पख कफी खानुभएको छ भने त यसको स्ष्ट असर भोलि बिहान आँखामा देख्नुहुन्छ। कफीले आँखाको नरम छालाको पानी विस्तारै सोसिदिन्छ र छाला कालो हुन्छ। यदि तपाईँ एसी वा ताप दिने कोठामा हुनुहुन्छ भने त यसको असर सिधै आँखाँ मुनिको भागमा पर्न जान्छ।
तपाईं थकित हुँदा पनि यस्तो कालो धब्बा र रेखा देखिन्छ। ‘जब थाक्नुभएको छ वा कमप्युटरमा बढी समय बस्नुहुन्छ वा धुलो र धूवाँ निस्कने ठाउँमा हुनुहुन्छ भने यसले तपाईँको आँखाको छालामा चिल्चिल्याउँछ। तपाईँ बिस्तारै आँखालाई रगेट्न वा घोट्न थाल्नुहुन्छ। अनि आँखााँ धब्बा र रेखा देखिन्छ,’ उनी भन्छिन्।
तपाईंलाई राम्रोसँग निद पुगेको छैन भने पनि यस्तो समस्या आउन सक्छ। ‘अनिदै बस्दा तपाईंको छाला खराब देखिन्छ। कालो धब्बाले आखालाई कुरुप नै बनाउँछ,’ उनी थप्छिन्।
तर, कतिपय धब्बा भने वंशाणुगत कारण पनि हुन सक्छन्। त्यसैगरी उमेर छिप्पिदै जाँदा वा पाको भएपछि पनि यस्तो समस्या देखिन्छ। बुढेसकालमा आँखाको वरपर रहेका कोमल तन्तुहरु खुकुलो हुने र चिल्लोपन बिस्तारै हराउन थालेपछि पनि यस्तो धब्बा देखिन्छ।
‘बृद्धा अवस्थामा आखाँमुनिको भित्री भाग खोक्रो हुदै जान्छ, तसर्थ आँखामा प्रकाश आर्वतन हुदैन जसका कारण कालो छायाँको असर देखिन्छ,’ उनी भन्छिन्।