काठमाडौं - नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) को कार्यकारिणी समितिमा डा अरुण कुमार न्यौपाने निर्वाचित भएका छन्।
नेपासको शनिबार भएको निर्वाचनबाट डा न्यौपाने अध्यक्षमा निर्वाचित भएका हुन्। उपाध्यक्षमा डा रामहरि चापागाई, महासचिवमा डा प्रकाश जोशी, कोषाध्यक्षमा डा केशव प्रसाद अग्रवाल, सचिवमा डा संगीता शाक्य, सह कोषाध्यक्षमा डा दिपक राजभण्डारी चयन भएका छन्।
सदस्यहरुमा डा सन्तोष अधिकारी, डा स्मृति माथेमा, डा राम चन्द्र बास्तोला, डा सन्तोष पोखरेल, डा लभकुमार साह, डा पावना कायस्थ, डा सुजिता भण्डारी र डा सृजना बस्नेत निर्वाचित भएको नेपासले जनाएको छ। उक्त समितिको कार्यकाल दुई वर्षको हुनेछ।