काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमण दर घटेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार १६३० जनामा गरिएको परीक्षणमा ३० जनामा संक्रमण देखिएको छ।
विगत एक हप्ताको तथ्याङ्कले पनि कोरोना भाइरसको संक्रमणदर घटेको पुष्टि गर्छ।
वैशाख २१ गते ४३ जना, २२ गते १७ जना, २३ गते ७६ जना, २४ गते ३२ जना, २५ गते ५७ जना, २६ गते ५१ र २७ गते १७ जनामा संक्रमण देखिएको थियो।
अहिलेसम्म एक सय २० जना सक्रिय संक्रमित रहेका छन्।
यस्तै १४ जना आइसोलेशन, पाँच जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।