काठमाडौं- चितवन मेडिकल कलेजमा अध्ययनरत एक छात्रा मृत अवस्थामा फेला परेकी छिन्। चितवन मेडिकल कलेजमा दन्त चिकित्सक चौथो वर्षमा अध्यनरत सिमरन थापा आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन्।
पाल्पा रामपुर नगरपालिका– ४ घर भई अहिले कास्की पोखरा बस्ने २३ वर्षीया सिमरन थापा भरतपुर(१० सप्तगण्डकी चोकमा रहेको आफू सुत्ने कोठामै सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी हुन्।
विद्यार्थीहरूले भने परीक्षाहलमा सम्मिलित शिक्षकले जबर्जस्ती मानसिक तनाव दिएर निकालेको र सोपश्चात् उनले आत्महत्या गरेको आरोप लगाउँदै विद्यार्थी संघर्ष समितिमार्फत आन्दोलनमा उत्रिएका छन्।