काठमाडौं– नेकपा एमालेका सचिव (निलम्बित) तथा सांसद टोपबहादुर रायमाझीले आफू बिरामी रहेको पत्र संसद् सचिवालयलाई पठाएका छन्।
उनले आफू उपचाररत रहेकाले संसद्मा उपस्थित हुन नसकेको पत्र पठाएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले पुष्टि गरेका छन्।
निरन्तर १० बैठकमा उपस्थित हुन नसकेपछि निलम्बनमा पर्ने भएकाले रायमाझीले उक्त पत्र पठाएका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि रायमाझी फरार छन्। रायमाझीका छोरा सन्दीप रायमाझी हिरासतमा छन्।
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण समेतलाई पक्राउ गरेको छ। रायमाझीलाई एमालेले पदबाट निलम्बित गरेको छ।