काठमाडौं- नेपाल रेडियोलोजिस्ट एसोसिएसनमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ। एसोसिएसनमा डा सरोज शर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ।
एसोसिएसनको उपाध्यक्षमा डा तेजेन्द्र कार्की, महासचिवमा डा कृष्ण बुढाथोकी,सहसचिवमा डा सुवज भट्टराइ चयन भएका छन्।
यस्तै कोषाध्यक्षमा डा सुजन खड्का, सहकोषाध्यक्षमा डा रोशन खड्का चयन भएकाछन्। यस्तै सदस्यहरुमा डा राजेन्द्र चौधरी, प्रज्वल ढकाल र डा प्रदिप कुमार चापागाईं चयन भएका छन्।
नयाँ कार्यसमितिको कार्यकाल दुई वर्ष हुनेछ।