काठमाडौं- बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई सर्वोत्कृष्ट सम्मान प्रदान गरिएको छ।
बंगलादेशको चिटागोंग स्थित युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीले मे ३ मा आयोजना गरेको आफ्नो पाँचौ दिक्षान्त समारोहमा नेपाली विद्यार्थीलाई सम्मान गरेको हो।
उक्त समारोहमा २०११ देखि २०२२ सम्मका विभिन्न विषयका ८ हजार ९७५ स्नातक तहका छात्र छात्रालाई दीक्षित गरिएको छ।
जसमध्ये ३०४० जना एमबिबिएस ग्राजुएट सहभागी थिए। एमबिबिएस ग्राजुएटतर्फ सर्वाधिक प्राप्तांक ल्याउने नेपालका डा अनिल शाहलाई सर्वोत्कृष्ट विद्यार्थीको रुपमा सम्मान गरिएको छ।
राष्ट्रपति डा मोहम्मद सहबुद्दीनले द प्रेसिडेन्ट (चान्सलर) तथा एक्सलेन्सी स्वर्ण पदक द्वारा सम्मान गरिएको हो।
उक्त समारोहमा सार्कका विभिन्न मुलुकका प्रतिनिधिहरु, बंगलादेशका शिक्षामन्त्री बर्रिस्तर मोहिबुल हसन चौधरी लगाएत उपस्थित थिए। डा अनिल शाहले उक्त विश्वविद्यालयबाट २०१४ मा एमबिबिएस उतिर्ण गरेका थिए। हाल उनी नेपालमा कन्सल्टेन्ट युरोलोजिस्टको रुपमा कार्यरत छन्।