काठमाडौं- चितवनस्थित भरतपुर अस्पतालले सार्वजनिक बिदाको दिनमा दिउँसो १ बजेसम्म सेवा दिने निर्णय गरेको छ।
भरतपुर अस्पताल विकास समितिको गत चैत १७ गतेको बैठकले सार्वजनिक बिदाको दिनमा दिउँसो १ बजेसम्म सेवा दिने निर्णय गरेको हो।
निर्णय अनुसार शुक्रबार परेको बुद्ध जयन्तीको दिनमा पनि १ बजेसम्म अस्पतालका सेवाहरु सञ्चालन हुनेछन्। सार्वजनिक बिदामा पनि अब बिरामीले आधा दिनसम्म सेवा लिन पाउनेछन्।
सूचनामा भनिएको छ, ‘भरतपुर अस्पताल विकास समितिको मिति २०७९/१२/१७ बैठकको निर्णय अनुसार बिरामीहरुको सुविधालाई ध्यानमा राखी निम्न केहि सार्वजनिक बिदाका दिनमा अस्पताल आधा दिन (दिउँसो १ बजेसम्म) खुल्ने व्यवस्था मिलाइएको कुरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ।’