काठमाडौं- पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ नमुना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो।
३३६ पीसीआर परीक्षणमा २७ र २,१९६ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको २२० रहेको छ।