काठमाडौं- नवनियुक्त स्वास्थ्य मन्त्रीको सपथ भोलि हुने भएको छ।
राष्ट्रपति पौडेलले आज कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन्।
बस्नेत कांग्रेस सभापति देउवा निकट हुन् भने गुरुङ र लिम्बु नेता शेखर कोइराला निकट मानिन्छन्।