काठमाडौं- पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ १९ जनामा कोरोना संक्रमण देखिएको हो।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या २८३ पुगेको छ भने संस्थागत आईशोलेशनमा ३२, आइसीयूमा ११ र भेन्टिलेटरमा एक जना उपचाररत छन्।