काठमाडौं- ललितपुरमा विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ।
प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीको संयोजकत्वमा भएको उक्त शिभिरमा जनरल मेडिसिन, शल्यचिकित्सा, डेन्टल, इएनटी र आँखारोग सम्बन्धी विशेषज्ञहरु उपस्थित थिए।
उक्त शिविरबाट १००ं बिरामीहरु लाभान्वित भएका छन्।
उक्त शिविरमा सेवा स्पीच एण्ड हियरिङ क्लिनिकबाट गएका इएनटी विशेषज्ञ डा लिजन महर्जन र डा राजेश महर्जनद्वारा नाक,कान, घाँटी परीक्षण गरेका थिए।
शविरमा जाँच गरिएका बिरामीहरुलाई विशेष छूटको व्यवस्था रहेको बताइएको छ।