काठमाडौं- बोहराटारमा मृत भेटिएकी वीर अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत अनुमा श्रेष्ठका आफन्तले डाक्टर सुजन ढकालविरूद्ध आत्महत्या दुरूत्सानमा जाहेरी दिएका छन्।
प्रहरी वृत्त बालाजुका डिएसपी मनोजित कुँवरले उनले छोडेको सुसाइड नोटका आधारमा आफन्तले ढकालविरूद्ध आत्महत्या दुरूत्साहनमा जाहेरी दिएका हुन्।
मुद्दा परिसकेको छ अब प्रहरी प्रक्रिया अनुसार मुद्दा अगाडि बढाउँछ कुँवरले भने सुसाइड नोटका आधारमा आफन्तले ढकालविरूद्ध आत्महत्या दुरूत्साहनमा जाहेरी दिएका छन्।
श्रेष्ठ शनिबार बोहराटारमा रहेको डाक्टर ढकालको घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्ज समेत रहेकी ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी हुन्।
सुसाइड नोटमा श्रेष्ठले आफूहरू ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको तर ढकालले विवाह गर्न नमानेकाले आत्महत्या गर्न बाध्य भएको आशय व्यक्त गरेको कुँवरले बताए।
डाक्टर ढकाल विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत छन्। श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा शव भेटिएको हो। आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेको थियो।