काठमाडौं– उपचारका लागि भारतको दिल्लीमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल आज (आइतबार) डिस्चार्ज हुने भएका छन्। डिस्चार्ज भएपछि राष्ट्रपति पौडेल आइतबार नै स्वदेश फिर्ता हुने राष्ट्रपति कार्यालयले जनाएको छ।
पेटमा समस्यामा देखिएपछि राष्ट्रपति पौडेललाई काठमाडौंको मराराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालमा प्रारम्भिक उपचार गराएर थप उपचारका लागि भारतको दिल्लीस्थित एम्स अस्पताल लगिएको थियो।
१२ दिनदेखि दिल्लीको एम्समा उपचार गराइरहेका राष्ट्रपति पौडेल आइतबार अस्पतालबाट डिस्चार्ज हुन लागेका उनको सचिवालयले जनाएको छ। राष्ट्रपतिको सचिवालयका अनुसार पौडेल आइतबार बेलुकी दिल्ली–काठमाडौंको नियमित हवाई उडानमार्फत् स्वदेश फर्किनेछन्।