काठमाडौं- हत्या अभियोगमा फरार रहेका नेकपा एमाले सांसद् लक्ष्मी महतो कोइरीले संसद्मा उपस्थित हुन नसक्नुको कारण स्वास्थ्य उपचार रहेको बताएका छन्।
पक्राउ पर्ने डरले नेपाल नै छाडेका उनले संसद्मा भने उक्त जानकारी दिएका हुन्।
संसदमा १० वटा भन्दा बढी बैठकमा उपस्थित नहुने सांसदहरुको नाम सार्वजनिक गरिएको छ। जहाँ उपचारमा रहेका वर्षमान पुन, चन्द्रकान्त भण्डारी, मनोरमा शेरचन र विनाकुमारी थनैत रहेका छन्।
उनीहरु साँच्चै स्वास्थ्य समस्याका कारण अनुपस्थित भएपनि कोइरीले बहाना बनाएको भन्दै विरोध भएको छ।