काठमाडौं- एसोसिएसन अफ क्लिनिकल प्याथोलोजीस्ट अफ नेपालले जनस्वास्थ्य प्रयोगशालामा प्याथोलोजी समूहबाट मात्र निर्देशक बनाउन माग गरेको छ।
विभिन्न प्रदेशका लोक सेवा आयोगहरुबाट विज्ञापन गर्दा प्याथोलोजीस्ट समूहलाई बेवास्ता गरिएको भन्दै हाल खुलाइएको निर्देशक पदको विज्ञापन रद्द गरि प्रमुख मेडिकल टेक्नोलोजिस्टको विज्ञापन कायम गर्न, खुला तर्फ सबै प्रदेशमा ११ औं तह प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्टको विज्ञापन समेत खुलाउन माग गरिएको छ।
यस्तै ११ तह जनलर मेडिकल टेक्नीसीयनको समेत उचित व्यवस्थापन गर्न माग गरिएको छ।
प्रयोगशालाको विकासको लागी उचित वैज्ञानिक अनुपातमा प्रायोशालामा एमडी गरेका चिकित्सकहरुको दरबन्दी कयम गर्नसमेत माग गरिएको छ।
हेर्नुहोस अन्य मागहरु