काठमाडौं- चिकित्सा शिक्षा स्नातकोत्तर तह (एमडीएमएस) को तयारी गरिरहेका चिकित्सकहरुले शैक्षिक सत्र सुरु नहुँदा आफूहरुलाई मानसिक तनाव थपिएको बताएका छन्।
हाल सम्ममा शैक्षिक सत्र सुचारु भईसक्नुपर्नेमा विभिन्न विषयमा मुद्दा दायर हुँदा शैक्षिक सत्र रोकिएको र सो कारण आफूहरुलाई मानसिक तनाव थपिएको उनीहरुको भनाई छ।
विश्वविद्यालय, क्याम्पस तथा प्रतिष्ठानहरुमा अधिकांश आकाङ्क्षी चिकित्सकहरुले तोकिएको शुल्क र प्रक्रिया पुरा गरी शैक्षिक सत्र सुरु हुनै लागेको अवस्थामा पछिल्लो घट्नाक्रमले थप अन्यौलता सिर्जना भएको उनीहरुको भनाइ छ।
साथै तत्कालै शैक्षिक सत्र सुरु गर्ने वातावरण बनाउन उनीहरुले माग गरेका छन्।
सर्वोच्च अदालतले एमडी-एमएसका शैक्षिक कार्यक्रम तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ।