काठमाडौं- नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको अध्यक्षमा डा सरस्वती न्यौपाने निर्वाचित भएकी छिन्।
यही वैशाख ८ र ९ गते सम्पन्न भएको १७ औँ वार्षिक गोष्ठीले डा न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा डा महिमा सिंह, महासचिवमा डा निरज पराजुली, कोषाध्यक्षमा डा रमेश शर्मा र सहसचिवमा मोहन भुषाल चयन भएका छन्।
सदस्यहरुमा डा अदिती मिश्र, डा रविन्द्र बाँस्कोटा, डा सुचना मरहठ्ठा, डा सुवास बराल चयन भएका छन्। यसअघि समाजको अध्यक्ष प्राडा सबिना भट्टराई थिइन्।
यसैगरी इमिडेट पास्ट प्रेसिडेन्टमा डा सविना भट्टराइ र प्रधान सम्पादकमा डा दिपतारा पाठक चयन भएका छन्।