काठमाडौं– आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष तथा सत्ता गठबन्धन उमेदवार उपेन्द्र यादवको निर्वाचित भएका छन्।
६९ हजार १०७ मत खसेकोमा पूर्व स्वास्थ्यमन्त्री यादवले २८ हजार ४१५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उक्त क्षेत्रमा ८३० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका छन्। कुशवाहाभन्दा यादवले ५ हजार ८१ मत बढी पाएका छन्।
यस्तै, नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत प्राप्त गर्दा आम जनता पार्टीका अरुण ज्ञवालीले २ हजार ७३८ मत प्राप्त गरेका छन्।