काठमाडौं- स्वास्थ्य पत्रकार मञ्च नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ।
एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसनले मञ्चलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो।
चितवनमा आयोजित एक कार्यक्रममा एशोसिएसनका अध्यक्ष माधव मरासिनीले मञ्चका अध्यक्ष सरोज ढुंगेललाई उक्त पुरस्कार प्रदान गरेक हुन्। पुरस्कारको राशी १९ हजार ५०० रुपैयाँ रहेको छ।
पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको क्षमता अभिवृद्धि, पेशागत सुरक्षासँगै प्रभावकारी र जनमैत्री स्वास्थ्य क्षेत्र निर्माणमा योगदान पु¥याएको भन्दै एशोसिएसनले उक्त पुरस्कार मञ्चलाई प्रदान गरेको हो।