काठमाडौं- वरिष्ठ मनोचिकित्सक डा लुमेश्वर आचार्यको निधन भएको छ। ६४ वर्षीय डा आचार्यको आइतबार राती निधन भएको हो।
लामो समयदेखि मिर्गौला रोगको उपचार गराइरहेका डा आचार्यको अस्पताल लैजाने क्रममा निधन भएको हो। आचार्यको मिर्गौला फेल भएपछि हेमोडायलाइसिस गराउँदै आइरहेका थिए।
डा आचार्यले लामो समय सरकारी सेवामा रहेर काम गरेका थिए। उनले ११औं तहबाट अवकाश पाएका थिए।