काठमाडौं- अस्ट्रेलियाको पर्थ शहरमा आयोजना भएको २४ औं विश्व अंग प्रत्यारोपण खेलकुदमा नेपालले ३ रजत र ४ कास्य गरी ७ वटा पदक जित्न सफल भएको छ।
अस्ट्रेलियाको पर्थ शहरमा १५ अप्रिलदेखि २१ तारिखसम्म प्रतियोगिता आयोजना भएको थियो।
नेपालबाट पाँच जनाले भाग लिएका थिए। जसमा गीता श्रेष्ठले ३०–३९ वर्ष समूहको हाइजम्पमा, विष्णुलाल श्रेष्ठले ५०–५९ वर्ष समूहको हाइजम्पमा र असिम लम्सालले ८०० मिटर दौडमा रजत पदक जितेका थिए।
गीताले ४ मिटर र १०० मिटर दौडमा पनि कास्य जितिन्। विष्णुलालले १०० मिटर दौड र लङजम्पमा कास्य जिते।
प्रतियोगितामा ४८ देशका ३ हजार विभिन्न अंगप्रत्यारोपण गरेका खेलाडी तथा डोनर गरी १२ सय खेलाडीको सहभागिता रहेको टिम प्रशिक्षक ध्रुव विक्रम मल्लले जानकारी दिए। प्रतियोगिताको २५ औं संस्करण २०२५ मा जर्मनीमा हुनेछ।
नेपाली टिमलाई व्यवस्थापक नेपाल प्रत्यारोपण खेलकुद संघका सचिव हरिनारायण शर्माले नेतृत्व प्रदान गरेका थिए।