काठमाडौं- चिकित्सा शिक्षा आयोगले सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गर्नेलाई कारबाही गर्न माग गरेको छ।
आयोगले अदालतमा विचारधीन मुद्दाका विषयमा आन्दोलन गर्नु अस्वभनिय भएको पनि जनाएको छ। आइतबार बिद्यार्थीहरुले आयोगको गाडीमा तोडफोड गरेका थिए।
चिकित्सा शिक्षा आयोगबाट स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा विद्यार्थीको म्याचिङ र भर्ना कार्यक्रमको क्रममा सर्वोच्च अदालतमा सो विषयमा मुद्दा विचारधीन अवस्थामा छ रहेको भन्दै आयोगले यस्तो विरोध अस्वभनिय भएको जनाएको छ।
'अदालतमा विचाराधीन अवस्थामा रहेकै अवस्थामा भ्रामक, कपोकल्पित तथा तथ्यहीन विषयवस्तुहरु सार्वजनिक भएको र आयोगको कार्यलय परिसरमा आगजनी गर्ने, तोडफोड गर्ने, आयोगको सवारीसाधनमा र सुरक्षाकर्मी रहने घरमा अन्धधुन्द ढुङ्गा प्रहार गरी सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेको विषयले आयोगको गम्भिर ध्यानाकार्षण भएको छ' आयोगका प्रवक्ता डा भोजराज शर्मा काफ्ले विज्ञप्ति निकालेर भनेका छन्।
सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गर्न संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई आवश्यक कार्वाही गर्न पनि आयोगले भनेको छ।