काठमाडौं- भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रले अस्पतालको सेवा प्रभावित पार्दै रिसोर्टमा वार्षिकोत्सव मनाउन लागेको छ। केन्द्रले सोमबार अस्पताल परिसरमा कार्यक्रम नगरी ललितपुरस्थित एक रिसोर्टमा वार्षिकोत्सव मनाउन लागेको हो।
केन्द्रले ललितपुरको पूर्णाज म्युजियम रिसोर्टमा कार्यक्रम गर्न लागेको छ। यसका लागि केन्द्रबाट चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई रिसोर्टमा लैजाने तयारी भएको छ।
'केन्द्र परिसरमा नै वार्षिकोत्सव मनाउन छाडेर रिसोर्टमा लगेर कार्यक्रम गर्न लागिएको छ,' केन्द्रका एक कर्मचारीले भने, 'यहीँ बिरामीसँग वार्षिकोत्सव मनाउँदा राम्रो हुनेथियो। तर खै रिसोर्टमा लगेर यहाँको सेवा किन प्रभावित गर्न खोजेको हो हामिले बुझेका छैनौं।'
केन्द्रले रिसोर्टमा कार्यक्रम गर्न लागेको विषयमा विभिन्न निकायमा निमन्त्रणा पत्र पनि पठाइसकेको छ।