काठमाडौं - नेपाल छाला, यौन तथा कुष्ठ रोग समाजको १७ औं वार्षिक गोष्ठी शनिबार पनि जारी छ। उक्त गोष्ठी शुक्रबारबाट पार्क भिलेज रिसोर्टमा सुरु भएको भएको थियो। गोष्ठीको उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले गरेका थिए।
कार्यक्रममा वरिष्ठ चिकित्सक डा. रामभद्र अधिगालाई अनवरत सेवाका लागि लाइफ टाइम अचिभमेन्ट एवार्डबाट सम्मान गरिएको थियो। यौन तथा कुष्ठरोग समाजका अध्यक्ष प्राडा सविना भट्टराईलाई अन्तर्राष्ट्रिय चर्म रोग समाज आईएलडिएस बाट प्रशंशा पत्र प्रदान गरिएको छ।
दुई दिने उक्त गोष्ठीको पहिलो दिन शुक्रबार चर्म, कुष्ठ र यौन रोगका विविध विषयमा ६० वटा कार्यपत्र प्रस्तुत भएका थिए। देश तथा विदेशका चिकित्सकहरुले शनिबार थप ३० वटा कार्यपत्र प्रस्तुत गरिरहेका छन्। गोष्ठी शनिबारा सकिनेछ र समाजको नयाँ कार्यसमिति पनि चुनिने डा भट्टराईले जानकारी दिइन्।