काठमाडौं- सरकारले डा आरपी बिच्छालाई योजना आयोगको सदस्यमा नियुक्त गरेको छ।
'नियुक्ति भएको कुरा छ, सपथ भने भोली मात्रै हुन्छ होला', डा बिच्छाले भने।
उनले यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रमुख जनस्वास्थ्य विज्ञ सल्लाहकार भएर काम गरिसकेका छन्।