काठमाडौं- कर्णालीको सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले सपथ लिएका छन् उनीसँगै कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्।
प्रदेश प्रमुख तिलक परियारले उनीहरुलाई सपथ खुवाएका हुन्।
कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले सपथ लिएका हुन्।
यस्तै यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा सपथ लिएकी छन्।