काठमाडौं– नेपाली कांग्रेसका सांसद उदय शमसेर राणाले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण समाधान गर्न सरकारले चालेका कदम जानकारी गराउन माग गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठैको शून्य समयमा बोल्दै सांसद राणाले उक्त माग गरेका हुन्।
‘केहि दिनदेखि उपत्यकाबासीलाई श्वास फेर्न गाह्रो हुन लागिरहेको छ। प्रत्येक वर्ष यही समयमा प्रदूषण बढिरहेको छ। यसका मूख्य तीन वटा समस्या छन्। पहिलो, यो समयमा डँढेलो लागेर उपत्यकका वरिपरिका जङ्गलबाट धूवाँ निस्किने। अर्को कुरा उपत्यकाको बाटो हामी सबैलाई थाहा नै छ। र अर्को सवारी साधनबाट उत्सर्जन हुने धुवाँ,’ राणा भन्छन्, ‘मेरो सरकारलाई प्रश्न छ यो नियन्त्रण गर्न अल्पकालीन र दिर्घकालीन समाधान के के हुनु? यसमा काम गर्न सरकारलाई के समस्या हो? जानकारी होस्।’