काठमाडौं- छारे रोगका कारण तातो कराईमा लड्न पुगेका नेपालगञ्जका ३५ बर्षीय पुरुषको भेरी अस्पतालमा उपचार भएको छ। उनी दुई महिना लामो उपचार पछि खतरामुक्त भएका छन्। खतरामुक्त भएसँगै अस्पतालले ६० दिन लामो आइसीयूबाट जनरल वार्डमा सिफ्ट गरेको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन डा बद्री चापागाईँका अनुसार विपन्न परिवारका ती पुरुषलाई दुई महिना अघि भान्सामा काम गरिरहेका बखत छारे रोगको एट्याक आउँदा तातो कराईँमाथि लड्न पुगेका थिए। त्यसक्रममा उनको मुख तथा घाटीमा गम्भीर जलन भएको थियो।
उनको सम्पूर्ण शरीरको १६ प्रतिशत भाग जलेको थियो। तर चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीको अथक प्रयासले उनी अहिले खतरामुक्त भएका छन्।
अस्पतालले उनको आइसीयू बसाईका क्रममा खर्च भएको ८४ हजार रुपैयाँ मिनाहा गरिदिएको जनाएको छ।
यस्तो छ अस्पतालद्वारा जारी सन्देश
– ३५ वर्षीय पुरुष, जो छारे रोगले छोप्दा तातोको कराईमा लड्न पुगे अनि मुख र घाँटीमा (सम्पूर्ण ज्यानको करीब १६ प्रतिशत भाग) जलेर भेरी अस्पताल आइपुगे।
– श्वासप्रश्वाको बाटोको सम्भाव्य अवरोध, अधिक दुःखाइ र संक्रमणकाे जोखिमले यस्तो जलन निकै चुनौतिपूर्ण मानिन्छ।
– अस्पतालले सबै जोखिमको जानकारी गराउँदै आइसियू मा राखेर उपचार सुरु गर्यो।
– घॉटीको पुरा भाग जलेको कारण ले धेरै नै सुन्निएको र सामान्य श्वासप्रस्वास पनि बन्द हुने अवस्था आएको र सास नली खुम्चिएको कारणले कुनैपनि इन्टरभेन्सन् गर्न बिरामीको स्वास्थ्यमा हुने जोखिम र त्यपछि आइपर्ने सामाजिक आलोचना र नारावाजी/तोडफोड झेल्नुपर्ने जोखिमका बाबजुद बिरामीपक्षको अनुमतिमा स्वास प्रस्वास सुचारु राख्न घाँटीमा प्वाल पार्ने अपरेशन गरेर श्वासप्रश्वास सुचारु गरियो।
– तातो तेल र बाफको कारणले फोक्सोमा परेको असरले हुने समस्या/निमोनियाको लागि कयौं दिन सम्म भेन्टिलेटरमा राखि उपचार, विभिन्न विभागको अनवरत मिहिनेत र समर्पित नर्सिङ सेवा ले करीब ६० दिनको आइसियू बसाइपछि हामीले उहाँलाई बचाउन सफल भयौं। उहाँलाई हिजै मात्र जनरल वार्डमा स्टेप डाउन गरियो।
– साधारणतया उच्च जोखिम युक्त यस्ता जलेका बिरामीहरू अन्यत्र रिफर हुने गर्थे। तर अन्त जान न उहाँहरुसँग पैसा नै थियो न अन्य उपाय।
– असाह्य बिरामीलाई नेपाल सरकारले उपलब्ध गराउने विपन्न उपचार कोष मार्फत पाउने सबै एक लाखको सुविधा वहाँको उपचारमा खर्च गरियो।
– उहाँको रोजगारदाता र गाउँका सहृदयीले पनि सक्दो सहयोग गर्नुभयो।
– नपुग औषधीहरु अस्पतालको स्टोरबाट निकाशा गरेरै भए पनि वहँको उपचारमा कुनै कमी हुन दिइएन।
– आइसियू बसाइको चार्ज, अक्सिजन र अन्य खर्च वापतको रु ८४००० हजार बराबरको शुल्क पनि अस्पतालले मिनाहा गर्नु बाहेक अरु कुनै उपाय थिएन। गरियो।
– हामीले एक गरीब नेपालीको ज्यान जोगाउन सफल भएका छौं।
यो सँगै अस्पतालको बारेमा बेलाबेलामा उठ्ने केहि सवालहरूमा हामी थप स्पष्ट पार्न चाहन्छौं।
अस्पतालमा बेड किन पाइन्न ?
– प्याक भएर। अस्पतालको इमर्जेन्सी, वार्ड !वा आइसियूमा बेड उपलब्ध भएसम्म हामीलाई बिरामी भर्न गर्न कसैले सिफारिस गर्न पर्दैन। यी सब जनताकै निम्ति हुन। तर सबै भरिभराउ हुन्छन् त कसरी बिरामी लिने ?
– यदि बिरामीले सक्छ भने अन्य विकल्प प्रयास गर्नुहोस् भन्नु के गलत हो ?
– तत्काल भर्ना गर्न नसके पनि कुनै उपाय नभएका बिरामीहरू केहि घन्टा/दिन इमर्जेन्सीमै राखेर भए पनि बेड खाली भएपछि वहँहरूलाई ‘एडजस्ट’ गर्ने गरिएको छ।
शय्या बढाउनु पर्यो नि त, भनेर अर्को प्रश्न आउन सक्छ:
कुरा के हो भने,
– यो हामीले चाहेर मात्र नहुने रहेछ। हालसम्म भेरी अस्पताल नेपाल सरकारको स्विकृत १०० शैया र अस्पताल बिकास समितिबाट थप ५० गरेर जम्मा १५० शय्या क्षमतमा संचालित छ। तर पनि बिरामीको चाप र मागले गर्दा भौतिक गणना गर्दा १६२ बेड क्षमतामा संचालित छ।
– सरकारले ५०० बेड क्षमतामा स्तरोन्नती गर्न शैद्धान्तिक निर्णय गरिसके पनि न जनशक्ति स्विकृत भएको छ, न भौतिक पूर्वाधार तयार भैसकेको छ, न बिरामीको चाप र गर्नुपर्ने निशुल्कको अनुपातमा बजेट नै व्यवस्था हुन सकेको छ।
– निर्माण सम्पन्न हुन लागिसकेको देखिने चार तल्ले भवन ठेकेदार र निर्माणको व्यवस्थापन गर्ने संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगंज कार्यालयबाट हस्तान्तर भैसकेको छैन।
अपरेशनको पालो आउन किन महिनौ लाग्छ त ?
– हाल अस्पतालमा शल्यक्रियाकै लागि भनेर ५ वटा मात्र टेवलहरु छन्। पाँचवटै टेवल मध्य २ अथवा ३ वटा टेवल प्रसुति सेवामा प्रयोग हुने गरेको छ। अन्य टेवलमा जनरल सर्जरी, हार्डजोर्नी , नशा, मुत्ररोग, नाक कान घाँटी रोगका विरामीको शल्यक्रिया हुन्छ। दैनिक ७०० को हाराहारीमा बिरामीको चापले गर्दा अप्रेशनमा पालो महिनौ लाग्नु स्वभाविक हो। तैपनि सरदर १ महिनामा ४५० वटा अप्रेशन हुने गरेको छ।
अस्पतालको कर्मचारीको ‘तमिज’ भएन भन्ने गुनासो पनि आउने गर्छन्।
यहाँहरुले के बुझ्नु पर्यो भने ,
– स्वास्थ्यकर्मी पनि यही समाजका सदस्य हुन्।