काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ। श्री एयरलाइन्सको विमानमार्फत् पौडेललाई भारत लगिएको हो।
राष्ट्रपति पौडेललाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थल पुगेर बिदाइ गरेका छन्।
राष्ट्रपति पौडेललाई छातीको संक्रमण देखिएको छ। लामो समय औषधि सेवन गर्दा पनि छातीको समस्यामा सुधार नदेखिएपछि चिकित्सकहरुले थप परीक्षण र उपचारका लागि भारत लैजान सुझाव दिएका हुन्।
राष्ट्रपति पौडेल फलोअपका लागि भन्दै सोमबार त्रिवि शिक्षण अस्पताल पुगेर फर्किएका थिए। छातीको समस्या थप बल्झिएपछि उनी मंगलबार अस्पताल भर्ना भएका थिए।