काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतमा लगिँदै छ। त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई आज भारत लैजान लागिएको हो।
राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
पौडेलको फोक्सोमा संक्रमण देखिएको छ। उनको स्वास्थ्यमा समस्या आएपछि सोमबार आवश्यक परीक्षण गरिएको थियो। सोमबार गरिएको भिडियो एक्सरेमा पौडेलको फोक्सोको झिल्लीमा पानी जमेको देखिएको थियो। पौडेलको फोक्सो बाहिरको झिल्लीमा जम्मा भएको पानी झिकेर थप परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।