काठमाडौं- कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ।
मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको जनाएको छ।
यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। २ हजार २९१ नमुनामध्ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो।
हाल आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन्।